
धादिङ फागुन ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्तरीय अपाङगता समन्वय समिति गठन भएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाका उप प्रमुख देबीप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको भेलाले आवाश डल्लाकोटी अध्यक्ष, उपाध्यक्ष सुनिता तामाङ, सचिव सरु घले, सहसचिव रेशम चेपाङ र कोषाध्यक्षमा गंगा मायाँ चेपाङ रहने गरी ११ सदस्यीय बेनीघाट रोराङमा अपाङगता समन्वय समिति गठन भएको मणिराज गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।

