
धादिङ फागुन ४ । अधिकृत विक्रेता संघ धादिङको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा धादिङबेसी निवासी राज कुमार गिरी चयन हुनुभएको छ ।
गजुरीमा सम्पन्न अधिवेशनले गिरी अध्यक्ष रहने गरि ८ सदस्यीय जिल्ला समिति गठन गरेको हो । जसमा उपाध्यक्ष पुष्प त्रिपाठी, महासचिव सुमन कुमार श्रेष्ठ, सचिव सुबोध त्रिपाठी र कोषाध्यक्ष अनिल केसी सदस्यहरुमा विशेष श्रेष्ठ, विजय त्रिपाठी र कृणहरी लुईटेल रहेका छन् ।

संस्थापक अध्यक्ष चन्द्रकान्त अधिकारीको सभापतित्वमा सम्पन्न यस अधिवेशनको प्रमुख आतिथ्यता नेपाल उद्योग वाणिज्य संघ का केन्द्रिय सदस्य देव कुमार श्रेष्ठ रहनु भएको थियो ।
