धादिङको नेकपा कार्यालयमा प्रवेस निषेध, सुरक्षामा प्रहरी

Avatar photo
Dhadingpost
फाल्गुन २, २०७७

धादिङ फागुन २ । धादिङबेसी स्थित मदन-आश्रित स्मृति भवन अर्थात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको कार्यालय यति बेला सुनशान छ ।

प्रधानमन्त्रीले प्रतिनीधि सभा भंगगरि निर्वाचनमा होमिए सँगै तीन धारमा नेकपा विभक्त छ केहि जिल्लाहरुमा ओली पक्ष र नेपाल पक्षले कार्यालय कब्जा गर्न थाले पछि धादिङको कार्यालयमा प्रवेश निषेध गरी प्रहरीले सुरक्षा दिएर बसेको छ ।

हामी पत्रकार हौं, पार्टी कार्यालयको बारे समाचार संकलन गर्न आएको भनेर परिचय पत्र देखाउँदा समेत प्रहरीले गेट भित्र प्रवेस निषेध छ, माथिको आदेश छ । कि माथि नै कुरा गरेर आउनुस् कि पार्टी कार्यालय भित्र जानुका सिंखडा हुनुहुन्छ उहाँलाई कल गरि भित्र आउने अनुमती लिनुहोस्, प्रहरीले आग्रह गरे ।

ज्वालामुखी गाउँपालिकाको उप-प्रमुख जानुका सिंखडा विगत केहि वर्ष देखि पार्टी कार्यालय मै रहनु भएकोले उहाँ र उहाँले भनेको मान्छेलाई चाहि भित्र पठाउनु भन्ने आदेश रहेको गेटमा रहेका प्रहरीले हामीलाई बताए ।

ओली पक्ष र नेपाल पक्षले आफु आधिकारीक नेकपा भएको दावी गरे सँगै यो मुद्धा नटुङ्गिदा सम्म दुबै पक्षले कुनै पनि कार्याक्रम पार्टी कार्यालयको हलमा गरेका छनैनन् र पार्टी कार्यालय आफुहरुको दाबी दुबै पक्षले गरि रहेका छन् ।

विगत दुई वर्ष पहिला देखि नै पार्टी कार्यालयको एउटा कोठामा ओली पक्ष धादिङ नेतृ एवम् ज्वालामुखि गाउँपालिका उप-प्रमुख जानुका सिंखडा भने बस्दै आउनु भएको छ ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा मृत्यूको केहि केहि दिन पछि नै तात्कालिन एमाले धादिङको अध्यक्ष रहनु भएका राजेन्द्र पाण्डेको पहलमा मदन-आश्रित स्मृति भवनको लागि २ रोपनी ५ आना जग्गा खरिद भएको थियो ।

त्यसपछि गुरु बुर्लाकोटी अध्यक्ष भएपछि भबन निमार्णको काम भएको थियो । हाल तात्कालिन एमाले र माओवादी केन्द्र बीच एकता भई बनेको नेकपाले प्रयोग गर्दै आएको यस भवन अब ओली पक्ष वा प्रचण्ड माधव नेपाल पक्ष कल्ले प्रयोग गर्ने विवाद छ ।