मुनालका विद्यार्थी र अभिभावक बीच मोटिभेटर प्रितम पौडेल, कार्यक्रम मै रोए विद्यार्थी

Avatar photo
Dhadingpost
फाल्गुन १, २०७७

धादिङ फागुन १ । धादिङको गजुरीमा रहेको मुनाल एकेडेमीको प्राङ्गण शुक्रबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले खचाखच भरिएको थियो । यतिकैमा मोटिभेसन दिन अगाडी उभिए प्रितम पौडेल ।

अत्यन्तै रोचक प्रस्तुतिका साथ विद्यार्थीहरुलाई मोटिभेसन दिन खप्पिस पौडेलको प्रस्तुतीले मुनालका विद्यार्थीहरु भावुक मात्रै बनेन् धेरै रोए पनि ।

के पढ्ने ? किन पढ्ने ? कसरी पढने ? कस्ता साथी बनाउने ? घरमा के सिक्ने ? विद्यालयमा कसरी प्रस्तुत हुने ? भन्ने बारे प्रितमले विद्यार्थीहरुलाई मोटिभेसन दिँदै गर्दा विद्यार्थीहरु रोएको प्रिन्सिपल रमेश श्रेष्ठले धादिङपोष्ट सँग स्वीकार गर्नुभयो ।

शुक्रबार विदार्थीलाई मोटिभेशन दिएका प्रितम पौडेलले शनिबार मुलाल एकेडेमीका अभिभावकहरुलाई साक्षातकार गरे । अभिभावहरुको ध्यानाकषण गराउँदै सुरुमै प्रितमले पिटेर, डर देखाएर राम्रो पढ्छन् भन्ने सोच अभिभावकहरुले परिवर्तन गर्नु पर्ने बताएका थिए ।

नानीबाबुहरुको सबैको सिक्ने क्षेमता र समान हुँदैनन् कोहि छिटै सिक्छन्, कोहि ढिलो यसो हुनुका धेरै कारण मध्य अभिभावकले डरत्रासमा राखेका बालबालिकाहरु ढिलो सिक्छन् र खेलको माध्याम वा मनोभावना बमोजिम साथी समान हुर्किएका नानीबाबुहरु पाढाएको पनि छिटो बुझने र छिटो विभिन्न तथ्याङ्कले देखाएकोले नानीबाबुहरुलाईडरबाट मुक्त राख्न पौडेलले आग्रह गरे ।

पौडेलले शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र बिग्रँदो युवापुस्ताका विषयमा सहजिकरण गरेका थिए ।