गंगालाल तुलाधर सँगै कुटाई खाएको कार्यकर्ता हुँ, अहिले चिया पसल नै ठिक लाग्न थाल्यो -हरि अर्याल

Avatar photo
Dhadingpost
माघ २९, २०७७

धादिङ माघ २९ । धादिङको नीलकण्ठ नगरपालिका ३ निवासी हरि प्रसाद अर्याल पहिला ज्वालामुखी ४ ढोलामा रहेर समाज सेवी गर्दै आउनु भएको थियो । उहाँ अहिले धादिङबेसीमा एउटा सानो चिया पसल चलाउँदै आउनु भएको छ ।

सानै देखि राजनीति र समाज सेवामा सक्रिय अर्यालले एमालेको पार्टी सदस्यता २०५२ सालमा लिए सँगै राजनितिमा सक्रिय हुनुभएको थियो । तात्कालिन एमाले अहिलेको यो परिवेश र समय सम्म आई पुगेकोमा अर्याललाई नरमाइलो लागेको छ ।

उहाँ भन्नू हुन्छ, हिजो त्यो बेला पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधर सँगै आन्दोलनमा प्रहरीको कुटाइ खाएको इमान्दार कार्यकर्ता हुँ । यहि पार्टी देशमा ठुलो पार्टी भयो धेरै सक्रिय साथीहरू केन्द्रिय सदस्य कोहि मन्त्री भए तर अहिले पार्टी प्रति चासो चासो छैन धादिङपोष्टका रिपोर्टर सन्दिप स्याम्चेन सँग बताउनु हुन्छ ।

राजनीति भनेको पैसा हुनेको लागि रहेछ, त्याग तपस्याको हैन रहेछ त्यसले गर्दा पार्टी प्रति निराशा पैदा भएको उहाँको धारणा छ । पार्टी विचारमा चल्यो, विधिमा चल्यो र एकता वद्ध भएर जनमुखि काममा अगाडी बढ्यो भने फेरि सक्रिय सदस्यको भुमिकामा देखिने उहाँको रहर भने जिवितै रहेछ ।

मैले अहिले सम्म मैदी, ढोलाको अनि नीलकण्ठ नगरपालिकामा गरेर ५०० जना भन्दा बढी एमालेको पार्टी सदस्यता बनाएको छु तर पार्टीले कुनै वास्ता छैन पार्टीमा विधि र पद्धति ओझेल परेकोले राजनिति फोहोरी बनेको अर्याल बताउनु हुन्छ ।

बाहुमत ल्याएर सरकार चलाएको हाम्रो पार्टी नेकपाले देश कै इतिहास फेर्ने गरि काम गर्दै नमुना बन्छ होला भनेर सोचेको थिएँ तर म जस्तो सामान्य कार्यकर्ता को सोचाइ धेरै गलत बनाए ।

केपि शर्मा ओलीको संसाद विघटन पछी नेकपा भित्र देखिएको जनता सडकमा ओरार्ने प्रतिपर्धा लाज मर्दो अनि घिनलाग्दो व्यवहार घिन लाग्दो छ, संसद पुनरस्थपना वा निर्वाचन त्यस पछिको अवस्था के ? फेरी उहि आचरण भरिएका नेता उहि ढंगको कार्यशैलीमा सत्तामा पुग्ने हैन र ? अर्याल आक्रोस पोख्नुहुन्छ ।

अर्याल अगाडी भन्नु हुन्छ, अरु विपक्ष पार्टी नेपाली काङ्ग्रेसले पाँँच वर्ष सम्म ढुक्कसँग सरकार चलाउन देकै हो, केही नभनी चुपचाप बसेकै थियो । अहिले काँग्रेस सडकमा आएपनि खुदो भएको छ । हिजो जसका विरुद्ध आन्दोलन गर्दा गंगा सर सँगै प्रहरीको कुटाई खाईयो आज त्यहि शक्तिलाई फाईदा पु्ग्ने गरि नेकपाका नेताहरु आरोप प्रत्यारोपमा छन् मन अमिलो भएको छ, अब मेरो लागि राजनिति भन्दा चिया पसल नै ठिक छ ।