
धादिङ माघ २८ । कृषि प्रधान देश नेपाल विस्तारै आधुनिक कृषि प्रणाली तर्फ अगाडी बढेको हामी सबैले अनुभुति गरि रहेका छौं ।
राज्यले पनि कृषिलाई प्रविधि मैत्री बनाउन विभिन्न अभियानहरु चलाएको छ । यहि अभियान अन्तरगत धादिङ नीलकण्ठ नगरपालिकाका मुरलीभञ्ज्याङ हटियाका प्रेम नारायण श्रेष्ठले कृषि कार्यालय मार्फ अनुदानमा ७० हजार मुल्य पर्ने धान, गहुँ र कोदो झर्ने मेशिन लिए ।
घण्टाको ६ सय भाडा लिन्छु । सबै सिजनमा काम हुँदैन सिजनमा राम्रै आम्दानी हुन्छ भनुम् न, खेताला लाउनु परेन धान होस् वा कोदा मेशिनले झार्दा केलाउनु परेन, खेताला पनि लागेन त्यसैले सिजनमा भ्याई-नभ्याई हुने श्रेष्ठ बताउनु हुन्छ ।

मुरली भञ्ज्याङ स्थित कापी बस्तीमा कोदो झार्दै गरेका श्रेष्ठ, सँगै उभिएका किसान पनि घण्टाको ६ सय तिर्दा खुसी छन्, उनीहरु भन्छन्, के महंगो हुनु, खेताला लगाउँदा त्यो भन्दा धेरै खर्च हुन्छ । सस्तो पनि, छिटो पनि र राम्रो पनि मेशिन प्रयोग नै ठिक ।
