धादिङ माघ २७ । धादिङको नीलकण्ठ नगरपालिका १२ दामगाडे स्थित पशुपति माविमा १०३ जनाले रक्त दान गरेका छन् । विद्यालयको ३३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा ३६ जना महिला र ६७ जना पुरुष गरि कुल १०३ जनाले रक्तदान गरेका हुन् ।