री मा, माघ २७ गते बुद्ध लामा सहित दर्जन कलाकार आउने

Avatar photo
Dhadingpost
माघ २४, २०७७

धादिङ माघ २४ । धादिङको गंगजमुना गाउँपालिका स्थित रि मा माघ २७ गते हुने सोनाम ल्होछार विशेष कार्यक्रममा बुद्धलामा आउने भएका छन् । पहिलो नेपाल आईडल बनेका बुद्ध लामा पहिलो पटक सार्वजनिक कार्यक्रमको लागि रि मा आउने भएपछि आयोजकले तयारीलाई तिब्रता दिएको छ ।

तामाङ समुदायको नयाँ वर्षको रुपमा मनाईने सोनाम ल्होछारको अवसरमा हुने उक्त बृहत साँस्कृतिक कार्यक्रममा बुद्ध लामा सँगै गायीका मिना तामाङ, राजकिङ वाईवा, सिता लामा, प्रेरणा तामाङ, स्मृति तामाङ, माया थोकर लगायतका कलाकारहरु आउने इलिजर जोङ्पाले धादिङपोष्टलाई जानकारी दिनुभयो ।