
धादिङ माघ २२ । ल्याक्चेकुन्ड संरक्षण समाज आयोजनामा खनीयाबास ३ कुरीमा जारी फुटबल प्रतियोगितामा तेस्रो पोजिशनको खेल आज हुने भएको छ ।
माघ १७ गते देखि कुरि खो गरामा जारी प्रतियोगितामा सिङ्गाङ एकता समाज A र सदाबहार युवा क्लब बीच तेस्रो स्थानका लागि प्रतियोगिता हुने भएको हो ।
यस्तै कुरि युवा क्लव र झार्लाङ युुवा क्लव पहिलो र दोस्रो पोजिशनको लागि खेल्ने भएका छन्, कुरीबाट फ्युर्देन प्रकाश तामाङले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
बुधबार भएको सेमिफाइनल खेल सदाबहार युवा क्लब धार्ना रझार्लङ बीच भएको थियो जसमा झार्लङले १० गोल र सदाबहार ३ गोल गरेको थियो ।
यस्तै अर्को सेमिफाईनल खेल आयोजक कुरी A र सिङ्गाङ एकता समाज बीच भएको थियो जसमा आयोजक कुरी ३ गोल र सिङ्गाङ एकता समाजले २ गोल गरेको थियो ।
