गल्छीका राजु अधिकारी सहित चार जना पक्राउ

Avatar photo
Dhadingpost
माघ २१, २०७७

धादिङ माघ २१ । लागूऔषध पोल्याण्ड सहित चारजना धादिङ गल्छी गाउँपालिकाका ३१ वर्षिय राजु अधिकारी, काठमाडौंको गौरीघाटका ४० वर्षीय अम्मर बर्देवा, सिन्धुलीको बेलबारीका २३ वर्षीया सबिना कार्की र मकवानपुरका ४२ वर्षीय कालु गोलेलाई प्रहरीले गौरीघाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई गौरीघाटबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद २० हजार २ सय ५० र प्र–०२–०१७ प ७९५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।