
धादिङ माघ १९ । धादिङ जिल्लामा आज (सोमबार) ११३ जना महिला र ५४ जना पुरुष गरी १६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सँगै धादिङमा विरुद्धको खोप (Covi Shield Vaccine) लगाउनेको संख्या ८१७ जना पुगेको छ ।
धादिङका १३ सय ४० डोज खोप (Covi Shield Vaccine) आएको र यो खोप अग्रपङतीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, शब ब्यबस्थापानमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेबिका, एम्बुलेन्स, शव–बाहन चालक, सरसफाई कर्मीहरुलाई लगाउने क्रम जारी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

