प्रयास नेपालद्वारा ढोडेनीका महिलालाई बाख्रा उपहार

Avatar photo
Dhadingpost
माघ १८, २०७७

धादिङ माघ १८ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ स्थित ढोडेनिका महिलाहरुलाई बाख्रा उपहार स्वरुप प्रदान गेको छ ।

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शनिबार प्रयास नेपालले ढोडेनीका १२ जना महिलालाई बाख्रा वितरण गरिएको हो ।

जमुना स्वावलम्बी महिला समुहका अध्यक्ष मिना मगरको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उप प्रमुख कमला शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रम सिद्धलेक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देव बहादुर मगर, प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल, उपाध्यक्ष विपिना मगर, सचिव वीर बहादुर श्रेष्ठ ,कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार महिला सहकारीका उपाध्यक्ष अस्मिता थापा मगर व्यवस्थापक हरि तिमल्सिना लगायतको सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोेईरालाले जानकारी दिनुभयो ।