राइजिङ स्टार कपकाे लागि भएकाे फुटबल खेल सम्पन्न

Avatar photo
Dhadingpost
माघ १६, २०७७

धादिङ माघ १६ । “स्वास्थ्यका लागि खेलकुद”भन्ने नाराका साथ राइजिङ स्टार इङ्ग्लिश बोर्डिङ स्कुलमा आयोजित राइजिङ कप फुटबल तथा विभिन्न अतिरिक्त क्रियाकलाप आज चौथो हप्ता समाप्त भएको छ । अध्ययन मात्र नभए बालबालिकाको चौतर्फी विकास गर्नुपर्छ भन्दै आउनु भएका यस विद्यालयका प्रीन्सिपल टीका थपलियाको नेतृत्वमा अघि बढेका सम्पुर्ण शिक्षक शिक्षिका हरदिन मैदानमा खट्टिदै आ-आफ्ना सदनलाई जिताउन र सिकाउन एकदम लागि परेका छन् । यस विद्यालयका खेलकुद संयोजक नवीन रसाइलीका अनुसार चौथो हप्तामा प्रवेश गर्दासम्म रमेश सर ,शर्मिला मिस र रेजिना मिसको सदन सगरमाथा ४५ अङ्कका साथ प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै गरि,दुर्गाबाबू सर,कमला मिस र रन्जना मिसको सदन अन्नपूर्ण ४३ अङ्कका साथ दोस्रो स्थान , धनु सर,नबिना मिस,अर्चना मिसको सदन माछापुच्छ्रे ४२ अङ्कका साथ तेस्रो स्थान र नवीन ठकुरी सर,निरन्जना मिस,चन्दा मिस र प्रसुना मिसको सदन कन्चन्जङ्घा २३ अङ्कसहित चौथो स्थानमा रहेको छ ।

प्रा.वि हाजिरीजवाफ तर्फ प्रसिला, पावनी, अभिनय, आविस्कार र प्रसिद्ध सम्मलित सदन माछापुच्छ्रे प्रथम भएको छ । त्यस्तै ओजस्वी, विशाखा, शिवानी, सिमरन र क्रीस सम्मलित सदन सगरमाथा दोस्रो र रिजना, विजि, रायन, अनुज र रक्षक सहभागी रहेका सदन अन्नपूर्ण तेस्रो स्थान लिन सफल भए ।

प्रा.वि फुटबल तर्फ सगरमाथा सदन अन्नपूर्णलाई हराउदै फाइनल प्रवेश गरेको छ भने माछापुच्छ्रे कन्चन्जङघासित हार्दै खेलबाट वाहिरीएको छ ।
त्यस्तै गरि मा.वि फुटबल तर्फ अन्नपूर्णलाई हराउदै कन्चनजङ्घा फाइनल प्रवेश गर्न सफल भएका छन् । उता सगरमाथा भने माछापुच्छ्रेबाट पराजित भई खेलबाटै बाहिरिएको छ ।