
धादिङ माघ १४ । भारत सरकारले नेपाललाई नि:शुल्क उपलब्ध गराएको कोभिड विरुद्धको खोप धादिङमा १३ सय ४० डोज आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङमा पहिलो पटक स्वास्थ्य कार्यलय प्रमुख र अस्पताल प्रमुखले यो खोप लगाउने बताईएको छ ।
त्यसपछि अग्रपङ्तीमा कार्यरत स्वास्थ्यकर्मि, स्वास्थ्य संस्थाका कर्मचारी, शव ब्यबस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई यो खोप लगाईने छ ।
