
धादिङ माघ १२ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ स्तरीय फुटबल प्रतियोगिता बर्खेघाट खेल मैदानमा सुरु भएको छ ।
सिद्धलेक गाउँपालिका ७ ले आयोजना गरेको उक्त ३ दिन सम्म संचालन हुने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् ।
आज भएको ३ खेलमा अरुणदय युवा क्लव, भालडाँडा युवा क्लव र पिपलटार युवा क्लवले जितेका छन् ।
