ग्रामिण यातायातको चुनाव आज, ४ वटा पदमा मतदान हुने (उम्मेदवारको नाम समेत)

Avatar photo
Dhadingpost
माघ १०, २०७७

धादिङ माघ १० । ग्रामिण यातायात सहकारी संस्था लिमिटेडको ४ पदको लागि आज चुनाव निर्वाचन हुन लागेको छ ।

अध्यक्षमा राम घले र उपाध्यक्षमा इश्वर धरेलको मात्र उम्मेदवारी परे सँगै यी दुई पदमा चुनाव नहुने भएको छ भने महासचिब पदमा बद्री प्रसाद सुबेदी र मंग बहादुर तामाङ बीच प्रतिपर्धा हुने भएको छ ।

यस्तै सचिव पदका लागि सम्झना लामीछाने पण्डित र राम ब थापाको उम्मेदवारी परेको छ । कोषध्याक्ष पदको लागि प्रमोद पोखरेल र राजेश अधिकारीको उम्मेदवारी परेको छ ।

६ जना सदस्य पद रहेकोमा ५ जनाको मात्रै उम्मेदवारी परेकोले भेषराज रिजाल, कृष्णराम पाठक, अमृतजंग भण्डारी, वीरेन्द्र कोईराला र बिनोद बाबु रिमाल निर्विरोध बनेका छन् ।

शनिबार ११ः१५ सम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र १२ बजे देखि ३ बजे सम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक विश्वराज अधिकारीले बताउनु भयो ।