
धादिङ माघ १० । धादिङको गल्छी गाउँपालिका स्थित चिरौंदी पुल नजिकै सुत्केरी ढुङ्गा भन्ने ठाउँमा कुकर बम भेटिएको छ ।
अन्दाजी २-३ लिटरको प्रेसर कुकरलाई कालो टेपले बांधेर सडकको भित्ता पट्टीको भागमा राखिएको शनिबारबिहानै भेटिए सँगै नेपाली सेनाले डिस्पोज गर्न लागेको स्थानीयले बताएका छन् ।
यस्तै पृथ्वी राजमार्ग स्थित महादेवबेसी स्थित थाक्रे गाउँपालिको गेटमा पनि अन्दाजी ४-५ लिटरको प्रेसर कुकरलाई कालो टेपले बाँधेर सडकको बायाँ साइडमा राखिएको अवस्थामा भेटिएको छ । उक्त बमलाईलाई पनि सेनाले डिस्पोज गर्ने तयारी गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आयोजना गरेकोले उक्त बम विप्लव नेकपाले नै राखेको हुन सक्ने बताईएको छ ।

