बेनीघाट रोराङमा सहुलियत कर्जा सम्वन्धी चौपक्षिय सम्झौता

Avatar photo
Dhadingpost
माघ ५, २०७७

धादिङ माघ ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ, मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बीच सहुलियत कर्जा सम्वन्धी सम्झौता भएको छ ।

गाउँपालिका क्षेत्र भित्र कृषि तथा पशुपन्छी जन्य व्यवसाय प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि नेपाल राष्ट्रबैंकको सहुलियत पूर्ण कर्जाका प्रवाहका लागि सम्झौता भएको हो ।

पूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, संशोधित २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले चौपक्षीय सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत कर्मचारीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेडका प्रमुखहरुको उपस्थिति रहेको थियो ।