
धादिङ माघ ५ । धादिङको ज्वालमुखी गाउँपालिका २ मैदी स्थित सातदोवाटोमा सम्पन्न वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा खड्कदेवी युवा क्लव प्रथम भएको छ ।
माघे सक्रान्तिको अवसरमा भएको उक्त प्रतियोगितामा ८ वटा क्लवहरु सहभागि थिए, जसमा बुढीगण्डकी युवा क्लव दोस्रो र नवज्योती युवा क्लव सान्तोना भएको सरोज श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
माघ १ गतेदेखि जारी प्रतियोगिता ३ गते सम्म चलेको थियो ।
