सेर्तुङ भलिबलको उपाधी रुबिभ्याली युवा समाजले जित्यो

Avatar photo
Dhadingpost
माघ ४, २०७७

धादिङ माघ ४ । धादिङको रुबीभ्याली गाउँपालिका -३, सेर्तुङमा जारी अन्तर पालिका स्तरीय खुल्ला पु्रुष भलिबल प्रतियोगिताको उपाधी रुबिभ्याली युवा समाजले जित्न सफल भएको छ ।

आईतबार भएको फाइनल खेलमा रुबभ्यिाली सँग पराजित हुँदै अलस्टार युवा क्लव गङ्गाजमुना उपविजेता बनेको छ । यस्तै अहिंसाबादी युवा क्लव खनियाबास तृतिय र सिङ्गाङ एकता समाज खनियाबास सान्तोना भएको थियो ।

थोकर सामाज एशोसिएसनले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुने ५७ हजार, दितिय ३६ हजार र तृतियले २६ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र वितरण गरिएको खनियाबासका टिम कोच लिलाबहादुर तामाङले धादिङपोष्टलाई जानकारी दिनु भयो । यस प्रतियोगितामा विभिन्न पालिकाबाट १८ वटा टिमहरुले भाग लिएका थिए ।

x