
काठमाडौं माघ ३ । काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज एपीएफ र प्रदेश १ बीच हुनेछ ।
शुक्रबार उद्घाटन भएको यस प्रतियोगिताको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई हराएको थियो भने दोस्रो खेल शनिबार एपीएफ र प्रदेश १ बीच हुने भएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा समूह A मा रहेका यी दुई टिमबीचको खेल साढे ९ बजे सुरु हुनेछ ।
