किस्पाङमा स्हङगममा छेच्यु पर्व जारी

Avatar photo
Dhadingpost
माघ ३, २०७७

गोपाल फ्युवा तामाङ
धादिङ माघ ३ ।
नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं ४ को स्हङगम गाउँमा अवस्थित टाशी गुम्बा प्राङगनमा छेच्यु पर्व शुरु भएको छ ।
तामाङहरुको ल्हो फेर्ने अवसर पारेर वर्षेणी माघ १ गतेदेखि तामाङहरुको अभिनयात्मक प्रस्तुति समेत देखाउदै बौद्ध लामा पद्दतिबाट पुजापाठ गरि ५ दिन सम्म मनाउने गरिन्छ ।

स्थानीय गयरफङफङ युवा क्लवले व्यवस्थापन गरेको छेच्यु पर्वमा टाढा टाढाबाट समेत दर्शकहरु आउने गर्दछन् । परम्परागत मौलिक संस्कार, संस्कृति र चाडपर्वलाई जोगाउने प्रयास स्वरुप छेच्यु पर्व मनाउन सुरुभएको स्थानीय युवा धनवीर लामाले बताउनु भयो ।

छेच्युमा सेतल नाच, म्हेर्तुङ नाच, घोडा नाच,मृगा नाच, बँदेल नाच, लामा नाच, कोला चेमा नाच, रजरनि चेमा, लकेरे नाच, दराङ दुरुङ नाच आदि नाचलाई अभिनयात्मक रुपमा देखाउदछन् । प्रत्यक चेमासँग अर्थ, कथा र गीत हुन्छन् ।
छेच्यु मनाए गाउँको देवी देवता, प्रकृति खुशी भई सुख, शान्ति र समृद्ध प्राप्त हुने भएकाले टाढा टाढाबाट समेत वाङ थाप्न मानिसहरु आउने गर्दछन् । पुर्खौदेखि प्रचलनमा रहेको छेच्युलाई जोगाउन हरेक वर्ष छेच्यु आयोजना व्यवस्थापन गर्दै आईरहेको आयोजक क्लबका अध्यक्ष बिजय तामाङले बताउनु भयो ।