
धादिङ पुस ३० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा माघे सक्रान्तिको दिन १८ हल गोरु जुधाईने आयोजकले जनाएको छ ।
विगतका विगत ८ वर्षदेखि माघ १ गते गोरु जुधाइ महोत्सव तथा कृषि प्रदर्शनीको आयोजना गर्दै आएको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुँवाकोटले विगतको वर्ष भन्दा यस वर्षको महोत्सव विशेष हुने दावी गरेको छ ।
मंगलबार धादिङवेशीमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस वर्षको बलिया १८ हल गोरु जुधाईने र सँगै कृषि उपजहरुको समेत प्रदर्शन गरिने छ भने स्थानीय उत्पादनहरु लोकल कुखुरा, खसीबोका समेत विक्रिमा राखिने जनाएको छ ।
धादिङ सदरमुकामबाट १२ किलोमिटरको दुरीमा रहेको धुँवाकोटमा हुने यस गोरुजुधाई महोत्सव हेर्न यो वर्ष १० हजार भन्दा बढी दर्शकको उपस्थिति हुने आयोजकले अपेक्षा गरेको छ ।
फाइल फोटो
