
धादिङ पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारीक फुटको घोषणा नभए ओली समुह, प्रचण्ड नेपाल समुह र बामदेव गौतम समुहमा विभाजन भएको प्रष्ट देखिन्छ ।
गौतम अझै नेकपालाई उक बनाउन व्यस्त देखिन्छन् भने ओली र प्रचण्ड नेपाल समुह एकले अर्कोलाई खुइल्याउन व्यस्त छन् ।
यहि शिलसिलामा यी दुबै तल वडा कमिटी सम्म आधिकारीक नेकपा आफु रहेको दावी गर्दै कार्यकर्ता प्रशिक्षण चलाई रहेको देखिन्छ ।
सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा नवनिर्मित ४ कोठे आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्न पुग्नु भएका भुमि त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व प्रथम अध्यक्ष ओलीले नै गर्ने बताउनु भएको छ ।
चुनावमा जान डराउनेहरु लोकतन्त्र विरोधी भएको र अहिले लोकतन्त्रलाई कमजोर बनाउने गरि अदालत र निर्वाचन आयोगलाई प्रचण्ड नेपाल पक्षले धम्क्याउन थालेको समेत बताउनु भएको कार्यक्रममा सहभागिले बताए ।
वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको भवन उद्घाटनमा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल र उपाध्यक्ष कमला शर्माको, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा, वडा नम्बर ४ का अध्यक्ष रामहरी बराकोटी र वडा नम्बर ६ का वडा अध्यक्ष टिका थपलिया लगायतको आतिथ्यको रहेको थियो।

