नलाङ सिद्धेश्वरको ०५६ SLC ब्याचले आज ट्रयाक सुट र खेलकुद सामग्री वितरण गर्दै

Avatar photo
Dhadingpost
पुस २८, २०७७

धादिङ पुस २८ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा रहेको श्री सिद्धेश्वर माध्यामिक विद्यालयमा पूर्व विद्यार्थी (एसएलसी ०५६ SLC ब्याच) ले आज विद्यार्थीलाई ट्रयाक सुट र खेलकुद सामाग्री वितरण गर्ने भएको छ ।

सिद्धेश्वर एसएलसी ०५६ ब्याचको यस कार्यक्रमका कोर्डिनेटर नानुका भट्टका अनुसार ट्रयाक सुट र खेलकुद सामाग्री वितरण कार्यक्रम नेपाल सरकारका सह सचिव तथा बागमती प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव एवम् स्थानीय नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यतामा हुनेछ ।

हाम्रो ब्याचका साथीहरु बीचको २१ वर्ष पछिको पहिलो भेट पनि हो यो कार्यक्रम । केहि साथीहरु विदेशमा समेत रहनुभएको छ, तर नेपाल भित्र छरिएर रहेका अधिकाँश साथीहरु उक्त कार्यक्रममा सहभागि हुने समेत घट्टले धादिङपोष्टलाई बताउनु भयो ।

ट्रयाक सुट र खेलकुद सामाग्री वितरणका लागि आर्थिक सहयोग गर्ने सिद्धेश्वर ०५६ SLC ब्याचका पूर्व विद्यार्थीहरु
१. राजन त्रिपाठी रु.१५ हजार
२. सोम थापा रु.१० हजार
३. अशोक नेपाल रु.१० हजार ४१९
४. दिपक श्रेष्ठ रु.१० हजार
५. सुन्दर आले रु.६ हजार
७. नानुका भट्ट रु.५ हजार
८. अस्मिता सिलवाल पोडेल रु.५ हजार
९. राजेन्द्र त्रिपाठी रु.५ हजार
१०. इश्वर सिलवाल रु.५ हजार
११. नारायण सिलवाल रु.५ हजार
१२. केदार अर्याल रु.४ हजार ९००
१३. डिलबहादुर पाटा मगर रु.४ हजार ४५०
१४. सुसिला पोखरेल रु.४ हजार
१५. लक्ष्मण दुवाडी रु.४ हजार
१६. गिता अर्याल रु.४ हजार
१७. सावित्रा सिलवाल रु.३ हजार ५
१८. अप्सरा अर्याल रु.३ हजार
१९. सविता तिवारी त्रिपाठी रु.३ हजार
२०. राममायाँ लोहनी रु.३ हजार
२१. बविता कडेल रु.२ हजार
२२. सिता दुवाडी लम्साल रु.२ हजार
२३. मेनुका सिलवला रु.१ हजार

जम्माः १ लाख १४ हजार ७७४