खनियाबासमा प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन

Avatar photo
Dhadingpost
पुस २५, २०७७

धादिङ पुस २५ । प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले खनियाबास २ झार्लाङमा प्रधानमन्त्री केपी ओली विरुद्ध शुक्रबार प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला कमिटी सदस्य सेक्केमान तामाङ प्रमुख आतिथ्यतामा भएको उक्त विरोध प्रदर्शनमा जिल्ला कमिटी सदस्य योवन तामाङ, गाउँ कमिटी सचिव लाल तामाङ, पार्टी वडा अध्यक्ष प्रेम तामाङ लगायतको सहभागिता रहेको थियो ।