
धादिङ पुस २५ । धादिङको सिद्धलेक गाउँपालिका जनता समाजवादी पार्टीले पुर्णराम सिर्मलको संयोजकत्वमा पालिकका स्तरीय कमिटी गठन गरेको छ ।
काली दहमा शुक्रबार आयोजित जसपा सिद्धलेकको भेलाले सिर्मलको नेतृत्वमा राजु दुवाडी सह संयोजक रहने गरी २५ सदस्यीय पालिकका स्तरीय कमिटी गठन गरेको हो ।
उक्त भेलामा जसपाका केन्द्रीय सदस्य राम घलेले अबको विकल्प जनता समाजबादी पार्टी नै भएको बताउँदै मधेसमा सुधार्ने र पहाडमा फैलाउने नै हाम्रो जिम्मा रहेको बताउनु भएको थियो ।
रामकृष्ण परियारको सभापतिमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य राजु नेपाल, संविधान सभाका सदस्य बीरबहादुर तामाङ जिल्ला अध्यक्ष राम ढकाल, केशव अधिकारी जिल्ला सदस्य गोपाल तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
