ओली प्रतिगामी हुन् -जम्कट्टेल

Avatar photo
Dhadingpost
पुस २१, २०७७

धादिङ पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् धादिङका इन्चार्ज तथा प्रदेश सांसद शालिकराम जम्कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी भएको आरोप लगाउनु भएको छ ।

प्रचण्ड-नेपाल पक्षको नेत्रावती डब्जोङ गाउँपालिका स्तरिय कार्यकर्ता भेलामा बोल्दै नेता जम्कट्टेलले असंबैधानिक ढंगले संसद भंग भएको घोषणा गर्ने प्रधानमन्त्री ओली प्रतिगामी भएको आरोप लगाउनु भएको थियो ।

ओली प्रतिगामी हुन्, उनका कार्यकर्ता गाउँ-गाउँ पूगेर पूर्व एमाले एकता होऔं, भन्दै भ्रम छर्दै छन्, पूर्व एमाले र माओवादी केन्द्र अब छैनन् , यी दुई पार्टी मिलेर नेकपा बनि सक्यो यसको नेतृत्व प्रचण्ड-नेपालले गर्नुभएको छ । यसमा कोही विचलित नहुन समेत जम्कट्टेलले कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा नेताहरु गुरु प्रसाद बुर्लाकोटी र रामबहादुर भण्डारीले नेकपा फुटेको नभै ओली केहि कार्यकर्ता लिएर चोइटिएर जान लागेको बताउनु भएको थियो ।

नेत्रावती डब्जोङ गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्य ओली पक्षमा देखिएका छन् भने उप प्रमुख उर्मिला तामाङ आजको प्रचण्ड-नेपाल पक्षको कार्यक्रममा सहभागि रहनु भएको थियो ।