
धादिङ पुस १८ । धादिङको गजुरी गाउँपालिका १ स्थित मित्रता कृषि सहकारीको चौंथो वार्षिक सभा सम्पन्न भएको छ ।
१२५ जना सेयर सदस्य रहेको यस सहकारीको चौंथो वार्षिक सभा ज्येष्ठ नागरिक अणुराज पाठकको प्रमुख आतिथ्यता, शिक्षक कल्याण सहकारीका तिलक चेपाङको विशेष आतिथ्यता तथा सहकारीका अध्यक्ष श्याम न्यौपानेको सभापतित्वमा शनिबार सम्पन्न भएको हो ।
