खाल्टेको महिला टिमले भलिबलमा गोरखालाई जित्यो

Avatar photo
Dhadingpost
पुस १५, २०७७

धादिङ पुस १५ । धादिङको नीलकण्ठ नगरपालिका खाल्टे स्थित कालिका आधारभुत विद्यालयमा अध्ययनरत छात्रा भलिबल टिम जिल्ला कै उत्कृष्ठ टिम मध्य एक हो ।

विद्यालयका शिक्षक सन्दिप थापामगरको अतिरिक्त समय विद्यार्थीलाई भलिबल सिकाउन खर्चिनु नै उक्त विद्यालयमा अध्ययनरत छात्राहरुको भलिबल मोहलाई लिन सकिन्छ ।

यहि विद्यायमा अध्ययन गरेका छात्राहरुलाई एक्टिभ खाल्टे स्पोर्ट खाल्टेबाट खेल्ने गरी लिएर शिक्षक सन्दिप गोरखाको बगुवा मंगलबार नै पुगे ।

गोरखाको बगुवामा १५ पुस विशेष मैत्रिपूर्ण खुल्ला महिला भलिबल प्रतियोगितामा ७ वटा टिम सहभागि थिए । धादिङ खाल्टेले जुनज्योती युवा क्लब नामजुङलाई सिधा सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनल जितेको हो ।

यो खेलमा पनि धादिङ जिल्ला कै नाम राख्ने गरि प्रदर्शन गर्दै एक्टिभ खाल्टे स्पोर्टले सिधा सेटमा जुनज्योती युवा क्लब नामजुङ गोरखालाई हरायो ।