ज्यामरुङमा नेकपाका २२ जना कार्यकर्ताहरु काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
पुस ८, २०७७

धादिङ पुस ८ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित भारमाले ज्यामरुङ र टारीबेसीका २२ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।

धादिङबेसी स्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भुपेन्द्र गरौजा र यमबहादुर परियारको नेतृत्वमा पार्टी प्रबेस गरेका उनीहरुलाई नेपाली काँग्रेसका उप सभापति भक्त लामाले नव प्रवेसीहलाई सदस्यता प्रदान गर्नुभएको नेपाली काँग्रेस प्रदेश सभापति देवि कोइरालाले धादिङपोष्टलाई बताउनु भयो ।