ओलीडाँडामा जीप र मोटर साईकल ठोकियो, घाईतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

Avatar photo
Dhadingpost
पुस ४, २०७७

धादिङ पुस ४ । खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ चढ्ने सरकारी गाडि बा २ झ ४१८१ नम्बरको बोलेरो जिपले धादिङबेसीबाट धुवाकोट तर्फ जाँदै गरेको बा ४३ प १७२५ नम्बरको मोटरसाइकललाई नीलकण्ठ नगरपालिका स्थित अाेलिडाडामा ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

गम्भीर घाईते भएका बाईकमा सवार नीलकण्ठ न पा १४ को वर्ष २४ को छन्द बहादुर सुनार र वर्ष ३० को कृष्णबहादुर परियारलाई प्रभु एयरको 9N-ANL कल साईन भएको सिभिल हेलिकप्टरबाट काठमाडौ स्थित ग्राण्डि अस्पताल लगिएको प्रहीले जनाएको छ ।