
धादिङ पुस ४ । धादिङमा आज शनिबार ४ जनालाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १५ सय ७ जना पुगेको छ ।
आज थपिएका संक्रमितहरुमा बेनीघाट रोराङ गाउँपालिकामा २ जना, थाँक्रे गाउँपालिका र खनियाबास गाउँपालिकामा १-१ जना रहेका छन् ।
धादिङमा कुल संक्रमित मध्य १३ सय ९९ जना कोरोना मुक्त भएर घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

