एनआरएनएद्वारा मोबाइल ब्लड बस हस्तान्तरण

धादिङ पुस ४ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले चितवनको प्रादेशिक ब्लड बैंकका लागि घुम्ती रगत बस हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोको उपस्थितिमा प्रादेशिक ब्लड बैंकका लागि उक्त घुम्ती रगत बस भरतपुर महानगरपालिका मेयर रेनु दाहाललाई शुक्रबार हस्तान्तरण गरिएको एनआरएनएका सह कोषाध्यक्ष लोक प्रसाद दाहालले धादिङपोष्टलाई बताउनु भयो ।

नेपाल कै पहिलो यो मोबाइल ब्लड बस रक्त सन्चार केन्द्र भरतपुरले उपयोग गर्नेछ भने यो बसले चितवन, गोरखा र धादिङमा समेत सेवा दिने सह कोषाध्यक्ष दाहालले बताउनु भयो । सो मोबाइल बस खरिद गर्न विश्वभरका एनआरएनएकर्मीको साथ सहयोग रहेको थियो ।

यो पनि पढौं
चितवनलाई मोबाइल ब्लड बस प्रदान गर्दैछौं -लोक दाहाल