बच्छलादेवीको ४६ औं वार्षिकी सम्पन्न

Avatar photo
Dhadingpost
पुस ३, २०७७

धादिङ पुस ३ । धादिङको खनियाबास गाउँपालिका स्थित सत्यदेविमा रहेको बच्छलादेवी माध्यामिक विद्यालयको ४६ औं वार्षिक उत्सव भव्य समारोहका बीच सम्पन्न भएको छ ।

नेपाली काँग्रेका नेता एवम् पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्यतामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङको विशेष आतिथ्यतामा बिहिबार बच्छलादेवी माध्यामिक विद्यालयको ४६ औं वार्षिकी भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाख्रिनले सरकारको कडा आलोचना गर्नुभएको थियो । सरकारको आलोचना गर्दै उहाँले, काँग्रेसले भन्दै आएको कम्युनिष्ट अधिनाकवाद र सर्वसत्तावाद जनताले समेत महसुस गरिसकेको बताउनु भएको थियो । समुन्नत राष्ट्र बनाउन अब कम्युनिष्ट सर्वसत्तावादको अन्त्य हुनु पर्छ काँग्रेसले त्यहि चाहेको उहाँको दावी थियो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री परशुराम तामाङले पनि आक्रामक शैलिमा सरकारको आलोचना गर्दै जनताले अब आन्दोलनबाटै सर्वसत्तावादको अत्य गरिदिने दावी गर्नुभएको थियो । विद्यालयको वार्षिक उत्सव हो, राजनीतिक कुरा धेरै गर्दिन तर विद्यालयमा रहेका शिक्षकरुलाई राजनीतिक कार्यकर्ता नबन्न र राजनीति नै गर्ने हो भने, राजिनामा गरेर आउन आब्हान गर्छु उहाँले भन्नु भयो । पूर्व राज्यमन्त्री तामाङले ४५ औं वार्षिक उत्सवमा विद्यालयलाई २ करोड रकम विनियोजन गर्छु भनेर प्रमुख अतिथि बन्नुभएको जनप्रतिधी कता हुनुहुन्छ ? वजेट कति हाल्नु भयो प्रश्न गर्नु भएको थियो ।

कार्याक्रमका गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ, उपाध्यक्ष यो माया तामाङ, राजनीतिक दलका प्रमुख एव्म प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।