खोरभञ्ज्याङमा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

Avatar photo
Dhadingpost
पुस १, २०७७

धादिङ पुस १ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा अपाङ्गता भएका व्यक्तिहरुलाई आज परिचय पत्र वितरण गरिएको छ ।

वडा नम्बर १० को कार्यालय खोरभञ्ज्याङमा भएको परिचय पत्र वितरण तथा नविकरण कार्यक्रमबाट ३२ जना लाभान्वित भएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।

उक्त कार्यक्रममा १७ वटा परिचय पत्र नविकरण, १४ वटा नया परिचय पत्र वितरण गरिएको थियो । जसमा नविकरण र नयाँ गरि ८ वटा रातो, १५ वटा निलो र ७ वटा पहेलो परिचय पत्र रहेका छन् ।

परिचय पत्र वितरण टोलीमा गाउँपालिकाका उप प्रमुख देवी प्रसाद सिल्वाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्राई, स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी, सल्लाहकार मणिराज गुरुङ लगायतको सहभागिता रहेको थियो ।