धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा मंसिर २७ गते, भिडभाड गर्न नपाईने

Avatar photo
Dhadingpost
मंसिर २५, २०७७

धादिङबेसी मंसिर २५ । धादिङबेसी पुछारबजार बसपार्क छेउ थोपलखोला र आँसीखोलाको बीचमा रहेको पशुपति मन्दिरमा जात्रा मंसिर २७ गते सोमबार हुने भएको छ ।

बालाचतुलर्शीको दिन लाग्ने यस मन्दिरको मेलामा यस वर्ष नीलकण्ठ नगरपालिकाले पसल राख्न र भिडभाड हुन नदिने भन्दै सूचना नै जारी गरेको छ ।

सूचनामा भनिएको छ, परम्पागत रुपमा चलिआएको (सतबिज छर्ने, बत्ती बाल्ने) कार्य बाहेक अन्य व्यक्तिहरु जम्मा भई भिडभाड गर्ने पाईने छैन ।

यस मन्दिरबारे केहि थप जानकारी

जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित कार्तिक वाला चतुर्दशी मेला लाग्दै आएको मन्दिर परिसरमा बस्दै आएका रामनाथ योगीले धादिङपोष्टलाई बताए ।

उनका अनुसार धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिऊ छर्ने चलन बसेको योगि बताउँछन् । मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र यसको दिन मृत्यू वरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।

जात्राबारे नीलकण्ठ नगरपालिकाको सूचना