संघीय सरकारको पञ्चायती व्यवहार -ढुङ्गाना

Avatar photo
Dhadingpost
मंसिर २४, २०७७

धादिङ मंसिर २४ । नेपाल नगरपालिका संघको सातौं अधिवेशनको उदघाटन सत्रमा बोल्दै नेपाल नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाले स्थानीय सरकारका अधिकारहरू कटौती गरेर संघीय सरकारले पञ्चायती व्यवहार देखाएको आरोप लगाउनु भएको छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहनुभएका ढुङ्गानाले स्थानीय तहको अधिकारहरु यसरी नै कटौती हुँदै जाने हो भने संघीयता धरापमा पर्न सक्ने बताउनु भएको थियो ।

भर्चुअल माध्यमबाट भएको उक्त अधिवेशनमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिल्लै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भएको थियो । प्रमुख पौडेलले ‘हामी अहिले संघीयताको कार्यान्वयनमै छौँ,’ ‘तीन तहका सरकारले एकअर्कामा आरोप-प्रत्यारोप गर्नु भन्दा पनि आफूले गर्नुपर्ने दायित्व इमानदारी पूर्वक निर्वाह गर्नुपर्ने बताउनु भएको थियो ।’