धादिङमा आज ९ जना कोरोना संक्रमित थपिए

Avatar photo
Dhadingpost
मंसिर २४, २०७७

धादिङ मंसिर २४ । धादिङमा पछिल्लो २४ घण्टामा ९ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार पुष्टि भएका संक्रमितहरुमा गल्छी गाउँपालिकामा ४ जना, नीलकण्ठ नगरपालिकामा २ जना र धुनीबेसी नगरपलिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डब्जोङ गाउँपालिकामा १-१ जना रहेका छन् ।

यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ७५ जना पुगेको छ । जस मध्य १३ सय १ जना संक्रमण मुक्त भई घर फर्कि सकेका छन् ।