
धादिङ मंसिर २३ । पछिल्लो २४ घण्टामा ६ जना थपिए सँगै धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १४ सय ६६ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु बेनीघाट रोराङ गाउँपालिकामा ४ जना, धुनीबेसी नगरपालिकामा र सिद्धलेक गाउँपालिकामा १-१ जना रहेका छन् ।
धादिङमा कुल संक्रमित मध्य १३ सय १ जना निको भएर घर फर्कि सकेका छन् ।

