
धादिङ मंसिर २३ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला सामुदायिक आँखा केन्द्र र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ आयोजनामा पौष २, ३ र ४ गते तीन दिन धादिङबेसीमा मोतियाबिन्दुको नि:शुल्क अप्रेसन हुने भएको छ ।
मोतियाबिन्दुको अप्रेशन गर्नु पर्नेहरुले पौष १ गते सम्म आँखा जाँच गराई नाम टिपाउन जिल्ला सामुदायिक आँखा केन्द्रले आव्हान गरेको छ ।

