
धादिङ मंसिर २२ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नियमन निकाय जिल्ला प्रशासन कार्यालय धादिङमा सेवा ग्राहीहरुले सुरक्षित सेवा लिन सकेका छैनन् ।
आईतबार हाम्रा प्रतिनीधि जिल्ला प्रशासन कार्यालय धादिङमा पुग्दा सेवा ग्राहीहरुले भौतिक दुरी कायम गरि सेवा लिईरहेको देखिएन ।
सी.सी. क्यामरा जडित जिल्ला प्रशासन भित्र कहाँ के भै रहेको छ, प्रमुख जिल्ला अधिकारी स्वयमले हेर्न मिल्ने बनाईएको छ, तर सेवाग्राहीलाई भौतिक दुरीमा रहन र त्यहि अनुरुप सेवा प्रवाह गर्ने गरेको देखिएन ।
नियमन निकायबाट हुने सेवा प्रवाह मै कोरोनाको जोखिम बढेर गएको छ । म आफु मास्क लगाएको छु । तर अर्को हतार-हतार गरेर अगाडी जान्छ्, भिड न बनाउन, न सेवाग्राही नै तयार हुन्छन् न कर्मचारीले नै अनुरोध गर्छन् एक सेवा ग्राहीले हामीलाई बताए ।

