
धादिङ मंसिर २१ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा ७ जना कोरोना भाईरस संक्रमितहरु थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका २ जना, थाक्रे र सिद्धलेक गाउँपालिकाका २-२ जना र धुनीबेशी नगरपालिकाका १ जना गरी ७ जना छन् । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ५५ जना पुगेको छ जसमा १२ सय ९८ जना निको भएर घर फर्कि सकेका छन् ।

