
धादिङ मंसिर २० । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले गजुरीको ढुङगा गिटी बालुवाको टेण्डर विवादको विषयलाई लिएर उच्च अदालतका श्रीमानहरूको आँँखामा राम्रै संग पट्टी लगाई दिएछन् भन्नु भएको छ ।
उच्च अदालत पाटनले ठेकेदा कम्पनीको पक्षमा हुनेगरि आदेश जाी गरेपछि मन्त्री जम्कट्टेलले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रीमानहरूको आँँखामा राम्रै संग पट्टी लगाई दिएछन् भन्नु भएको हो ।
मन्त्री जम्कट्टेलको स्टाटस जस्ताको तस्तैः
प्रसंग गजुरी गाउपालिकाको प्रकृति स्रोत साधन ( ढुङगा गिटी बालुवा ) को टेण्डरको ।
उच्च अदालत पाटनका श्रीमानहरूलाई पनि आंखामा राम्रै संग पट्टी लगाईदिएछन ।१ करोड जम्मा गर्ने , आशयपत्र लिएर संझौता नगरी ४८ दिनसम्म कर उठाईरहने , पैसा नभएको खाताको चेक दिने यो भन्दा बदमासी के होला ? अहिले सम्म भएको सबै गतिबिधि लिखितरूपमा तयार गरेर आदेश गर्ने श्रीमानहरूको हात पुर्याउनु पर्ने भयो ।

अदालतको आदेशः

