
धादिङ मंसिर १९ । धादिङबेसी स्थित सदरमुकाममा रहेको धादिङ अस्पताल बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद जगत सिंखडाले निरिक्षण गर्नुभएको छ ।
निरिक्षणको क्रममा मन्त्री दुलालले धादिङ जिल्ला अस्पताललाई ५० देखि १०० शैयाको बनाईने प्रतिबद्धता जनाउनु भएको अस्पतालको मेसु त्रिभुवन झाले धादिङपोष्टलाई बताउनु भयो ।
मन्त्री दुलाले अस्पतालको इमर्जेन्सी कक्ष, निर्माण हुँदै गरेको आईस्यू कक्ष निरिक्षण गर्नु भएको थियो ।

