नीलकण्ठ बसाहामा काँग्रेस कार्यकर्ता नेकपा प्रवेस

Avatar photo
Dhadingpost
मंसिर १९, २०७७

धादिङ मंसिर १९ । नीलकण्ठ नगरपालिका स्थित बसाहामा नेपाली काँग्रेसका १५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।

नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका २ वडा सह-सचिव राजु नेपाल, गणेश बहुमुखी क्याम्पस इकाई सभापति एवम् नेपाल विद्यार्थी संघ धादिङ काठमाडौं सम्पर्क समितिका वरिष्ठ सदस्य सुरज नेपाल, महेन्द्र मावि इकाईका पूर्व कोषाध्याक्ष शिव नेपालको नेतृत्वमा १५ जना काँग्रेस कार्यकर्ता नेकपामा शुक्रबार बिहान प्रवेस गरेका हुन् ।

नव प्रवेसीलाई नेकपा वागमती प्रदेश सदस्य एवम् नीलकण्ठ नगरपालिकाका उप-प्रमुख मनराज भण्डारी र राष्ट्रिय युवा संघ नेपाल धादिङका संह संयोजक राजाराम रिजाल, वडा अध्यक्ष ध्वजबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो

उक्त पार्टी प्रवेस कार्यक्रममा नेकपा नीलकण्ठका वडा अध्यक्ष राजेश गुरुङको सभापतित्वमा ध्वज बहादुर मगरले संचालन गर्नु भएको थियो ।

यस अघि नेपाली काँग्रेका वडा सचिव सुरेश थापामगरको नेतृत्वमा सोह्रघरबाट ३० जना नेकपामा प्रवेस गरेका थिए ।

नीलकण्ठ वलीडाँडामा काँग्रेस सचिव सहित नेकपामा प्रवेस