
धादिङ मंसिर १८ । धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १४ सय ३६ जना पुगेको छ । जसमा १० जना आज (बिहिबार) थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितहरुमा गल्छी गाउँपालिका वडा नं २ का ३८ वर्षिय पुरुष, ३२ वर्षिया महिला, वडा नं ४ की ६ महिने बालिका, वडा नं ५ का १९ वर्षिय पुरुष, वडा नं ६ का ३१ वर्षिय पुरुष र ३१ वर्षिया महिला, सिद्धलेक गाउँपालिका वडा नं २ का ४८ वर्षिय पुरुष, वडा नं ७ का ३२ वर्षिय पुरुष, गजुरी गाउँपालिका वडा नं १ का ३४ वर्षिय पुरुष र धुनीबेसी नगरपालिका वडा नं २ का ३२ वर्षिय पुरुष रहेका छन् ।
धादिङमा पुष्टिभएका हाल सम्मका संक्रमित मध्य १२ सय ८४ जना निको भएर घर फर्कि सकेका छन् ।

