नीलकण्ठ नगरपालिकाले बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने

Avatar photo
Dhadingpost
मंसिर १७, २०७७

धादिङ मंसिर १७ । धादिङको नीलकण्ठ नगरपालिकाले सरकारी तथा गैर सरकारी क्षेत्रमा कक्षा १ देखि १० सम्म अध्ययनरत बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने भएको छ ।

नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार मंसिर महिनामा नगरपालिका भित्रका रहेका सरकारी स्कुल र बोर्डिङ स्कुलका सबै बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।