
धादिङ मंसिर १५ । धादिङको रुबीभ्याली गाउँपालिका १ निवासी ५४ वर्षिय खम्ब घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न भएको उजुरी पछि सँगै फरार रहेका खम्ब घलेलाई आईतबार स्वायम्भुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार खम्ब घले पक्राउ पर्नुको कारण
कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको । संगठित अपराध समेतका कसूरमा फरार खम्ब घलेलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाईएको छ ।
यस अघि २०७६।०६।०७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा रु. ४९,५०,०००।– रकमान्तर भएको रकमबाट रु. ९,५०,०००।– भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु. २०,००,०००।– को चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि जम्मा रु. ४,८८,४६,०००।– रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्याएको भन्ने सूचना आधारमा अनुसन्धान गर्दा २०७६।०६।०७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी निजहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
