धादिङमा कोरोना संक्रमितको संख्या १३ सय ८७ पुग्यो, आज ४ जना थपिए

Avatar photo
Dhadingpost
मंसिर १३, २०७७

धादिङ मंसिर १३ । धादिङमा पछिल्लो २४ घण्टाको कोरोना संक्रमितको विवरण अनुसार अहिले सम्म संक्रमितको संख्या १३ सय ८७ जना पुगेको छ । जसमा ४ जना आज (शनिबार) थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

शनिबार पुष्टि भएका धादिङका संक्रमितहरुमा खनियाँबास गाउँपालिका वडा नं ३ का २८ बर्षिय पुरुष, ३७ र ६८ बर्षिया महिला र नीलकण्ठ नगरपालिका वडा नं ४ का २८ बर्षिय पुरुष रहेका छन् ।
संक्रमित मध्य कोरोना संक्रमण पूर्ण रुपमा निको भएर घर फर्कनेको संख्या १२ सय २२ जना रहेका छन् ।